संसद विघटन बिरुद्ध भिमफेदी गाउँपालिमा कांग्रेसको प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेस भिमफेदी गाउँपालिका समितिकोे आयोजनामा शनिवार विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार भिमफेदी गाउँपालिका समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको हो । नेपाली कांग्रेस भिमफेदी गाउँपालिका समितिका सभापति संजिव श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिनाले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्बसत्ताादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतान्त्रको रक्षाको लागी सडकमा आएको बताईन । नेतृ डिनाले ७० बर्ष सम्मको पर्खाइपछि नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त संविधान खतरामा परेकोले यसको रक्षाका लागी सबैलाई एकजुट हुन् आग्रह पनि गरिन् ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य एवम् जिल्ला प्रतिनिधि रिता खनालले भ्रष्टाचारमा लिप्त भएका कम्युनिष्टहरु भागबण्डा नमिलेपछि टुक्रिने अवस्थामा पुगेको दावी गरिन् । उनले कसैको स्वार्थका कारण नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संबिधानलाई खतरामा पार्न नसकिने बताईन ।
उनले कम्युनिष्टहरुको असली चरित्र उदाङगी सकेको दावी गर्दै अब पनि कम्युनिष्टहरुको आश्वसनमा पर्न नहुने बताईन । कार्यक्रममा जिल्ला सचिव आनन्द कठायत, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य अमृता थापा, नेपाल महिला संघकी जिल्ला सचिव निलम देबकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, बिद्यार्थी नेता मिलन पुडासैनी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

