हेटौंडाको ‘लिटिल बडी प्रि स्कुल’ले गर्यो चौकीटोलको ‘ओम बृद्धाश्रम’लाई सहयोग

हेटौंडा खबर
January 24th, 2021

हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित लिटिल बडी प्रि स्कुलले आफ्नो स्थापनाको एक बर्ष पुरा भएको अवसर पारेर बृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ ।

हेटौंडा –१ चौकिटोलमा रहेको ओम बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि स्कुलले नगद २० हजार ५ सय ५ रुपैँया सहयोग उपलब्ध गराइएको स्कुलका संचालक युवराज दाहालले जानकारी दिए ।

आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्कुलमा अध्ययनरत बालबालिकाहरुले आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई खाजा तथा फलफूलसमेत वितरण गरेका थिए ।

स्थापना दिवसको अवसरमा सामाजिक सेवाको काम गर्दा आश्रितहरुलाई टेवा पुग्ने र बालबालिकाहरुमा पनि सहयोगी भावनाको विकास हुनुको साथै प्रयोगात्मक नैतिक र सामाजिक शिक्षा प्राप्त हुने संचालक दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*