हेटौंडामा डीडीसीकै उत्पादन गुणस्तरहीन, हेटौंडा दुग्ध वितरण आयोजनाबिरुद्ध मुद्दा 

हेटौंडा खबर
February 15th, 2021

सरकारी स्वामित्वको दुग्ध बिकास सस्थांन (डीडीसी)अन्तर्गतको हेटौंडा दुग्ध वितरण आयोजनाले अखाद्य पदार्थ तथा न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रि गर्ने गरेको पाइएको छ ।

हेटौंडा औधोगिक क्षेत्रमा रहेको सरकारी स्वामित्वको डीडीसीको उत्पादनमा न्युन गुणस्तरको खाद्य पदार्थ फेला परेको र सस्थांनबिरुद्ध मुद्दासमेत दायर गरिएको पाइएको हो ।

न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रिवितरण गरेको पाइएपछि गत मङ्सिर २१ गते हेटौंडा दुग्ध वितरण आयोजनाबिरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले लेवल नभएका सामग्री बिक्रि गर्ने हेटौंडा १९ मा रहेको हेटौंडा डेरी इन्ड्रस्ट्रीज प्रालि र हेटौंडा ४ मा रहेको घरसंसार सुपर मार्टबिरुद्द पनि मुद्दा दायर गरेको जनाएको छ ।

हेटौंडा डेरी र घर संसारबिरुद्द लेवल नभएको र म्याद सकिएको सामग्री बिक्रीवितरण गरेकाले गत असोजमा जिल्ला प्रसासन कार्यालय मकवानपुरमा मुद्दा दायर गरिएको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका अनुसार यस आर्थिक बर्षको ७ महिनामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्दुली गरि ३ जिल्लामा १ सय ३९ वटा खाद्य उद्योग अनुगमन गरिएको छ  । कार्यालयले गत श्रावणदेखि माघ महिना सम्ममा २९ पटकमा १ सय ८० वटा खाद्य पसल अनुगमन गरिएको जनाएको छ ।

त्यस्तै ४७ वटा खाद्य नमुना संकलन गरिएकोमा ३ वटा प्रतिकुल भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख वरिष्ट खाद्य अनुसन्धान अधिकृत सोमकान्त रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*