हेटौंडाकि सर्जक अम्रिता नेपालको ‘मलाई सम्झिनु’ (भिडियो)
हेटौंडाकि सर्जक अम्रिता नेपालको “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक भएको छ ।
केहि समय अघि सम्म हेटौंडामा संचारकर्ममा रहेकी अम्रिताले माया गर्नेहरुको गित भनि “मलाई सम्झिनुु” म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
गायक प्रविन बेडवालको स्वरमा रहेको “मलाई सम्झिनुु” गितको म्युजिक भिडियोमा सुरक्षा पन्त र विनोद अधिकारीले अभिनय गरेका छन् । भिडियोमा विनोदले सुरक्षालाई सानै उमेरदेखि गरेको एकतर्फी प्रेम देखाईएको छ ।
सुरक्षा र विनोदसँगै बाल कलाकार प्राप्ति अधिकारी र विशाल गुरुङको पनि अभिनय भिडियोमा देखाइएको छ ।”मलाई सम्झिनुु” म्युजिक भिडियोलाई सुरेश दर्पन पोखरेलले निर्देशन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई बिमल ढकालले खिचेका हुन् ।
म्युजिक भिडियो युट्युब च्यानल ‘वर्डस् वर्ल्ड’ बाट सार्वजनिक गरिएको हो ।

