डेढ लाख घुस सहित कर अधिकृत पक्राउ

हेटौंडा खबर
March 11th, 2021

जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित २ जना डेढ लाख घुस सहित पक्राउ परेका छन् ।

अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर अधिकृत रमेश ढकाल र कन्सलटेन्सी सञ्चालक नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले पक्राउ गरेको हो ।

बुधबार राति ९ बजे दुबै जनालाई घुस रकम सहित अन्नपूर्ण गेष्टहाउसबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले बताए। जनकपुरधाम  उपमहानगरपालिका –६ स्थित नटराज स्प्रिट इन्डस्ट्रीज प्रालीको अन्त शुल्क समायोजन गर्नका लागि कर अधिकृत ढकालले १ लाख ५० हजार घुस मागेका थिए ।

घुसको रकम आर एन म्यानेजमेन्ट अकाउन्ट् कन्सलटेन्सीका प्रोप्राइटर नविन कर्णलाई दिन भनेका थिए । कर अधिकृत ढकालले कर्णको मोवाइल नम्बर दिएर घुस रकम दिन भनेका थिए । सेवाग्राहीबाट लिएको घुस सहित दुवै जनालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*