हेटौंडाको शहिद स्मारक भित्र रहेको पसल शिल, मनलाग्दी पैसा लिने गरेको पर्यटकको गुनासो

हेटौंडा खबर
March 24th, 2021

घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेष गरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई मनलाग्दी ठगिरहेका छन् ।

आउने पर्यटकलाई बजार मूल्य भन्दा निकै महँगो मूल्य लिई विभिन्न सामान बेच्ने साना होटल तथा पसल मध्य एउटा पसल बुधबार मकवानपुर प्रशासनको फन्दामा परेको हो । शहिद स्मारक परिसर भित्रको शहिद स्मारक कोल्ड एण्ड किराना पसललाई आज जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।

एक जार पानीको एक सय रुपैंया लिने गरेको प्रमाण फेलापारी उक्त किराना पसल प्रशासनले शिल गरेको हो ।

सामानको बढी मूल्य लिएर उपभोक्ता ठगि गरिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रसाशन कार्यालय मकवानपुर र उपभोक्ता हित सम्रक्षण मंच मकवानपुरको आकस्मिक अनुगमन टोलीले पसल शिल गरेको हो ।

साथै उक्त पसलबाट हाम्रो स्पेसल दहि नामको लेबल नभएको दहि लगायतका खाद्यान्न सामाग्री बरामद गरिएको छ ।

यो पसल त एक उदाहरण मात्र हो  शहिद स्मारक वरपर रहेका सबै पसलहरुले बजार मूल्य भन्दा निकै बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । गुणस्तरहीन खाध्य सामाग्री बिक्रि वितरण गर्ने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् ।

यसतर्फ शहिद स्मारक विकास समिति र प्रशासनको ध्यान जानु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*