हेटौंडा सहित विभिन्न शहरका बिद्यालय बैशाख मसान्तसम्म बन्द

हेटौंडा खबर
April 19th, 2021

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएकाे हाे ।

र‌गंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसाे हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी-२० क्रिकेट सिरिज दर्शकबिना सन्चालन हुनेछ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा बैशाख मसान्तसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*