प्रकाश सुवेदीको दुईवटै कार्यक्रम निलम्बित

हेटौंडा खबर
April 19th, 2021

पत्रकार प्रकाश सुवेदीको दुई कार्यक्रमहरु निलम्बनमा परेका छन् । एपीवान टिभीमा प्रसारण हुने कार्यक्रम रजतपट र ग्ल्यामर गफ निलम्बनमा परेका हुन्  ।

प्रकाश सुवेदीले छवि ओझा र शिल्पा पोखरेलको घर झगडाको विषयमा एक विशेष रिपोर्ट बनाएपछी एपीवान टेलिभिजनमा उजुरी परेको बताइएको छ । कार्यक्रममा पत्रकार सुवेदीले छवि ओझाको मात्र कुरा राखेकोले शिल्पा पोखरेलको चरित्र माथी प्रश्न उठेको भन्दै टेलिभिजनमा उजुरी परेको हो ।

तर प्रकाश सुवेदी भने आफूले कसैको चरित्र माथी कुनै हानि हुने रिपोर्ट नबजाएको बरु दुवै पक्षको कुरा राख्न खोज्दा शिल्पा पोखरेलले बोल्न नखोजेकोले छवि ओझाको कुरा मात्र प्रस्तुत गरेको उल्लेख गरेका छन् । एपीवान टिभीसंग कुरा गरेर नै उक्त रिपोर्ट कार्यक्रममा प्रस्तुत गरेका थिए तर उजुरी अदालत सम्म पुगेकोले एपीवान टेलिभिजनले कार्यक्रमलाई निलम्बन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*