हेटौंडाका ब्युटिपार्लर, सैलुन र मदिरा व्यवसाय बन्द

हेटौंडा खबर
April 27th, 2021

मकवानपुरका ब्युटिपार्लर , सैलुनहरू र मदिरा व्यवसाय बन्द गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  बुधबार १५ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

त्यस्तै लामो दूरीका सवारी साधनहरू, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खानेपानी, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैङ्क तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनाका सवारी साधनहरू बाहेक जिल्लाभित्र सञ्चालन हुने अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरूमा अर्को निर्णय नभएसम्मका लागि गते अनुसार जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवाग्राहीहरूको अत्यधिक भिडभाड हुने राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय, हेटौडा र यातायात व्यवस्था सेवा कार्यालय, हेटौडा कार्यालयको आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवाहरू पनि १५ गतेदेखि बन्द गर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*