कोभिड-१९ अनुगमन समितिले मकवानपुरका स्थानीय तहमा अनुगमन गर्ने

हेटौंडा खबर
May 2nd, 2021

नेपाली कांग्रेस निकट कोभिड-१९ अनुगमन समिति मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।

समितिका जिल्ला संयोजक उत्सव ईटेनीको सभाध्यक्षतामा बसेको बैठकले समितिका सदस्यहरु मणिराज गौतमलाई सचिव, जानुका गिरीलाई कोषाध्यक्ष र स्वास्थ्यकर्मी सुधिर दाहाललाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले कोरोना जोखिमलाई न्युनिकरण गर्नको लागि कोराना कोष खडा गर्ने निर्णय गर्दै समितिका सदस्य सुधिर दाहालले समितिलाई उपलब्ध गराउनुभएको १ हजार थान माक्स र ५ लिटर सेनिटाईजर सहयोगको लागि धन्यवाद ज्ञापन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*