मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना डिस्चार्ज

हेटौंडा खबर
May 3rd, 2021

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसोको विवरण अनुसार पिसिआर परिक्षण गर्दा ५७ जनामा र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २२ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ६९ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा ११ जना, मनहरी गाउँपालिकामा ६ जना , कैलाश गाउँपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ११ जना र सस्थागत आइसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६५० पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ७०० कटेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*