मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना पुष्टि, हेटौंडामा मात्र १०० थपिए

हेटौंडा खबर
May 5th, 2021

मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसो २ बजेको विवरण अनुसार १८१ जनाको पिसिआर परिक्षण गर्दा १०२ जना र ५६ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २९  जना संक्रमित थपिएका हुन् ।

जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १०० जना छन् ।त्यस्तै थाहा नगरपालिकामा २१ जना, मनहरी गाउँपालिकामा ३ जना, भीमफेदी गाउँपालिकामा १ जना, बागमती गाउँपालिकामा १ जना, मकवानपुरगढी गाउँपालिकामा ४ जना र राक्सिरांगमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । आज सस्थागत आइसोलेसनबाट भने कोहीपनि डिस्चार्ज भएका छैनन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ८५३ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित १ हजार ३२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मकवानपुरमा पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार हालसम्म मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ४२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*