हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई कांग्रेस कोभिड अनुगमन समितिद्धारा पिपिई सहयोग

हेटौंडा खबर
May 7th, 2021

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)लाई पुनः प्रयोग गर्न मिल्ने पिपिई सहयोग गरेको छ ।

कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको लागि २५ थान पिपिई सहयोग गरेको अनुगमन समितिका संयोजक उत्सव ईटनीले बताए । उनले आगामी दिनहरुमा पनि सहयोग गर्ने बताएका छन् ।

पिपिई  प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईलाई  हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा तरुण दल नगर अध्यक्ष सुनिल गिरी अनुगमन समितिका सदस्यहरु लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*