नेपालमा एकै दिन २२५ कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
May 11th, 2021

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २२५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित मृतक २२५ जनामा कोरोना पुष्टि भएको हो। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। आज थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*