हेटौंडा अस्पतालमा कन्सल्टेण्ट चिकित्सक, स्टाफ नर्सलगायत पदमा कर्मचारी माग

हेटौंडा खबर
September 18th, 2021

हेटौंडा अस्पतालमा कन्सल्टेण्ट चिकित्सक, स्टाफ नर्सलगायत विभिन्न पदमा कर्मचारी माग गरिएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालले एक सुचना जारी गरी कल्सटेण्ट सर्जनसहित ६ पदका लागि कर्माचारी माग गरेको हो ।

प्रतिष्ठानले नवौ तहमाका लागि कन्सल्टेण्ट सर्जन एक जना, कन्सल्टेण्ट साइक्याट्रिस्ट एक जना, कन्सल्टेण्ट रेडियोलोजिष्ट एक जना, कन्सल्टेण्ट एनेस्थोसियोलोजिष्ट एक जना, पाँचौ तहमा स्टाफ नर्स एक जना र फार्मेसी सुपरभाइजर एक जना कर्मचारीका लागि आवेदन खुला गरेको छ।

अस्पताललाई रदेश सरकारबाट स्वीकृत दरबन्दीमा रिक्त रहेको पद पूर्तिका लागि प्रतिष्ठानको भदौ ३० गतेको निर्णय अनुसार कर्मचारी माग गरिएको प्रतिष्ठान संचालक समिति सदस्य उत्सव चौलागाईंले बताए ।

प्रथम पटक असोज २ गते प्रकाशित सुचनामा  उल्लेखित पदमा योग्यता पुगेका ईच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन दिन सक्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*