विद्यार्थीलाई निर्धात कुट्ने सिद्धार्थ शिशु सदनका शिक्षक पक्राउ

हेटौंडा खबर
October 21st, 2021

चकचक गरेको भन्दै विद्यार्थीलाई निर्धात कुट्ने एक शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ

हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन माविमा कक्षा ७ मा अध्ययनरत् अभिनव अधिकारीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई प्रहरीले बिद्यालय परिसरबाटै पक्राउ गरेको हो

१५ दिन अघि स्वास्थ्य बिषय पढाउने दाहालसहित अन्यले अभिनवलाई चकचक गरेको भन्दै शरीरमा निलडाम हुनेगरी कुटेका थिए ।

निर्घात कुटपिट गर्ने शिक्षक दाहालले माफि माग्नुपर्ने भन्दै अभिनवका अभिभावकले विद्यालयसमक्ष अनुरोध गरे पनि बिद्यालयले गुनासो नसुनेपछि प्रहरीलाई खबर गरेको पिडित पक्षको भनाई छ ।

अभिनवको आमा लक्ष्मी अधिकारी सोही विद्यालयको मन्टेश्वरी कक्षामा अध्यापन गर्दै आएकी थिइन् । तर, घटनालाई ढाकछोप गर्ने उदेश्यले विद्यालयले उनलाई जागिरबाटसमेत हटाएको पीडित पक्षको गुनासो रहेको छ ।

बिधार्थीलाई निर्धात कुट्ने दाहाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले प्रहरी कार्यालय लगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*