खराब मौसमका कारण आन्तरिक उडान रद्द

हेटौंडा खबर
December 29th, 2021

खराब मौसमका कारण काठमाडौंबाट हुने सबै आन्तरिक उडान रद्द भएका छन् ।

बुधबार साँझ ४ बजेबाट सबै उडानहरु रद्द भएका हुन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै खराव मौसमका कारण निर्धारित रात्रिकालीन उडान रद्द भएको जानकारी दिएका छन् ।

‘देशैभरि बदलिंदो तथा खराब मौसमका कारण आज दिउँसोदेखिको सम्पूर्ण उडानहरु रद्द गरिएको छ,’ बुद्ध एयरले भनेको छ, ‘यसबाट यात्रुहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*