मन्त्रीको निर्देशनपछी नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्ने निर्णय

हेटौंडा खबर
January 4th, 2022

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिक निर्देशनमा रोकिएको छ ।

मन्त्री आलेले आज मङ्गलवार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई रेस्टुरेन्ट निर्माणको काम तत्कालै रोक्न निर्देशन दिएका थिए ।

बतास अर्गनाइजेसनअन्तर्गतको बी म्यानेजमेन्ट प्रालिले रेस्टुरेन्ट खोल्नका लागि संरचना निर्माणको काम गरिरहेको थियो ।  सञ्चालन समितिले बतास अर्गनाइजेनलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार मन्त्रालयले संरचना निर्माण रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटिएको हो ।

पत्रमा मन्त्रालयको मौखिक आदेशअनुसार अर्को आदेश नभएसम्मका लागि निर्माण रोक्न जानकारी गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*