सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

हेटौंडा खबर
January 9th, 2022

सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई लेखि पठाइने भएको छ ।

राजनीतिक कार्यक्रम र मेला महोत्सवमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*