देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

हेटौंडा खबर
January 12th, 2022

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो-एक्टिभ रुपमा देशव्यापी ग्राहकको अप्टिकल फाइबर फेर्न सुरु गरेको थियो ।

सामान्यतया इन्टरनेटको इन्टरनेटको गुणस्तरमा समस्या आउने दुई ओटा कारण हुन्छन्, अप्टिकल पावर लेभल र वायरलेस पावर लेभल । यसको अर्थ ग्राहकको घरमा रहेको राउटरसम्म राम्रोसँग इन्टरनेट नपुग्ने अवस्था र केबलमा समस्या नरहे पनि राउटरले राम्रोसँग सिग्नल डेलिभर गर्न नसक्ने समस्या रहेको हुन्छ ।

यस्तोमा कम्पनीले वायरलेस पावर लेभल बढाउन न्यूनतम इन्टरनेट स्पिड १५० एमबीपीएस पुर्‍याएको छ भने फाइभ गिगाहर्ज सहितको डुअल ब्यान्ड राउटर र मेश वाई-फाई सिस्टम वितरण थालेको छ । त्यस्तै अप्टिकल पावर लेभल सुधार गर्न पुराना अप्टिकल फाइबर नै परिवर्तन गर्ने अभियान सुरु गरिएको बताईएको छ ।

कम्पनीको कूल ग्राहक सङ्ख्या पाँच लाख भन्दा बढी छ । त्यसमध्ये ६५ प्रतिशत ग्राहकको अप्टिकल पावर लेभल -२४ भन्दा माथि रहेको भए पनि बाँकी ३५ प्रतिशतमा भने कम रहेको थियो । हालसम्म ९० प्रतिशतभन्दा धेरै ग्राहकको अप्टिकल फाइबरको गुणस्तर -२४ डीबीएमभन्दा माथि पुर्‍याइ सकिएको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*