हेटौंडा अस्पतालका अध्यक्षले कानुन मिचेर खरिद गरेको सामान दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि

हेटौंडा खबर
January 14th, 2022

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफूखुसी खरिद गरेका स्वास्थ्य सामग्री दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि भएको छ ।

अस्पतालका ल्यावमा रहेका मेशिनहरुमा आवश्यक पर्ने विभिन्न सामग्री बिना टेन्डर मगाईएको थियो ।

गत वर्षको ठेक्काको म्याद असारमा सकिएपछी टेन्डर प्रक्रियामै नगई प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले विभिन्न ४ वटा कम्पनिबाट सोझै सामान खरिद गरेका थिए ।

थाईराइड मेशिन, वायो केमिकल एनेलाइजर, प्रोटिन एनेलाइजरलगायतमा लाग्ने सामाग्री खरिद गरिएको मध्य भरतपुरको उत्सव मेडिकल सप्लायर्स आधिकारिक बिक्रेता नभएको पाईएको छ । यद्दपी प्रतिष्ठानले कानुन मिचेर मगाएको सामानको अस्पताल प्रशासनबाट भुक्तानी भएको छैन ।

सरकारको नियमअनुसार यस्ताखालका सामाग्री खरिद गर्दा सोझै खरिद गर्न पनि सकिने व्यवस्था छ, तर सिमित रकम बराबरको लागि मात्र ।औषधि जन्य सामाग्री सोझै खरिद गर्दा नेपालको एकमात्र आधिकारिक बिक्रेता र अन्तराष्ट्रिय मान्यता प्राप्त कम्पनि हुनुपर्ने कानुनि प्रावधान रहेको छ । तर उत्सव मेडिकल सप्लायर्स नेपालको आधिकारिक बिक्रेता नभई अर्कै कम्पनि आधिकारिक रहेको पाईएको छ ।

अस्पतालले भने हचुवाको भरमा त्यस्तो कम्पनीबाट सामान खरिद गरेको हो ।

खरिद नियमावलीको सोझै खरिद गर्न सकिने व्यवस्थाको दफा ४१ को उपदफा १ ख मा एकै आर्थिक वर्षमा २० लाख रुपैया भन्दा बढीको सामान एकै व्यक्ति,फर्म,कम्पनिबाट खरिद गर्न नपाईने भनेको छ । तर प्रतिष्ठानले एकै कम्पनीबाट २० लाख भन्दा बढीको स्वास्थ्य सामाग्री मगाएको छ । त्यो त्योपनि गत वर्ष भन्दा निकै बढी मूल्य पर्ने गरि ।

४ वटा कम्पनिको ८० लाख भन्दा बढी रकम भुक्तानीको लागि कम्पनीले अस्पतालमा बिल पेश गरेको छ ।

यो पनि पढ़नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*