हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको सामानको भुक्तानी रोकियो, कम्पनि भन्छन् अब सामान पठाउदैनौं

हेटौंडा खबर
January 17th, 2022

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको ८० लाख बराबरका स्वास्थ्य सामाग्रीको भुक्तानी रोकिएको छ ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको अस्पतालमा गएको साउनदेखि खरिद गरिएका सामग्रीको भुक्तानी रोकिएको हो  । प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पतालका अध्यक्षसमेत रहेका राजेश प्रसाईले सार्वजनिक खरिद ऐन विपरित आफूखुसी विभिन्न सामाग्री सोझै खरिद गरि मगाएका थिए ।

हेटौंडा अस्पतालले ल्याबको उपकरणमा लाग्ने यस्ता सामाग्री खरिद गर्नको लागि हरेक वर्ष टेन्डर आव्हान गरी खरिद गर्ने गरिएको थियो । तर अस्पताल प्रतिष्ठान मातहतमा गैसकेपछि गत वर्षको ठेक्काको म्याद गत असारमा सकिएपछी टेन्डर प्रक्रियामै नगई प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले सिधै खरिद गरेका थिए ।

थाईराइड मेशिन, वायो केमिकल एनेलाइजर, प्रोटिन एनेलाइजरलगायतमा लाग्ने सामाग्री सिधै खरिद गरिएको छ । यद्दपी प्रतिष्ठानले त्यसोगरेपनि अस्पताल प्रशासनबाट भने भुक्तानी नभएको भेटिएको छ ।

सार्वजनिक खरिद ऐन विपरित सामान खरिद भएपछी प्रशासनबाट भुक्तानी रोकिएको छ  भने उता सामाग्री दिने कम्पनिहरुले आफ्नो भुक्तानी नभए सामान नपठाउने बताएका छन् ।

भरतपुरको उत्सव मेडिकल सप्लायर्स, काठमान्डौको हिमशिखर वायो मेडिकल प्रालि, बि एस आर वायोटेक प्रालि र एक्सिस मेडिबिज प्रालिबाट सोझै लाखौँको सामान खरिद गरिएको थियो ।

४ कम्पनीहरुले अस्पतालमा ८० लाख बढी रकमको बिल पेश गरेका छन् । खरिद ईकाईलाई पत्तै नदीई भुक्तानी गर्ने बेलामा सामाग्री खरिद गरेको थाहा पाएपछि भुक्तानी प्रक्रिया रोकिएको हो ।

उत्सव मेडिकल सप्लायर्स, हिमशिखर वायो मेडिकल प्रालि, बि एस आर वायोटेकलहायतले भने आफ्नो भुक्तानी नभएसम्म सामान पठाउन नसक्ने बताएका छन् । सबै कागजात पठाउदा पनि अस्पतालका अध्यक्षसंग गरिएको लिखित तथा मौखिक सहमति अनुसार आफ्नो रकम भुक्तानी नभएको उनीहरुले बताएका छन् ।

यता अस्पतालमा चाहिने त्यस्ता सामग्री रोकिएपछी यहाँबाट हुने विभिन्न परिक्षणहरु रोकिने संकेत देखिएको छ ।

यो पनि पढ़नुहोस् 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*