हेटौंडा चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी कर्रा खोलाको किनारमा मृत फेला

हेटौंडा खबर
January 31st, 2022

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा एक महिलाको शव फेला परेको छ ।

सोमबार आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनी मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*