हेटौंडामा राप्रपा छाडेर ६० जना कांग्रेसमा प्रवेश
हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बकैया गाउँपालिका अध्यक्षको प्रत्यासी लक्ष्मी जिम्बासहित ६० जनालाई मंगलबार आज कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका गरेका हुन् ।
जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाही लगायत राप्रपाको महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश प्रवेश गरेकी नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । उनले कमल थापाबारे टिप्पणी गर्दै भनिन्, ‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक र गलत टिकाटिप्पणी गर्दै हिँडिरहनु भएको छ । कार्यकर्ताको मतको सम्मान गर्न सक्नु भएको छैन । त्यस कारण हामीले पार्टी छाडेका हौं ।’
कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, सचिव भूमिनन्द गौतमलगायतको उपस्थिति रहेको थियो ।



