हेटौंडामा सडक अवरुद्ध : अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

हेटौंडा खबर
February 8th, 2022

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन् ।

भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ, भने स्थानीय र प्रहरी विच झडप भएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउन बल प्रयोग गरेपछि स्थानीय झन् आक्रोशित बनेका छन् ।

घिमिरेको मृत्यु भैसकेपछि ठक्कर दिने बस संचालक तथा यातायात समितिका व्यक्ति सम्पर्कमै नआएको, दोषीलाई कारवाही नभएको  र उचित क्षतिपुर्ति नदिएको भन्दै हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*