प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

हेटौंडा खबर
February 13th, 2022

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

महाअभियाेगमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेका छन्।

केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो। लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियाेग दर्ता भएकाे याे दाेस्राेपटक हाे। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियाेग दर्ता भएकाे थियाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*