४८ घण्टाका लागि नेपाल भारत सीमा बन्द

हेटौंडा खबर
March 2nd, 2022

कपिलवस्तुको सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगरमा शुक्रबार हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेदेखि ४८ घण्टाको लागि नेपाल भारत सीमा बन्द गरिएको छ।

भारतको सिद्धार्थनगर जिल्ला र कपिलवस्तु तर्फका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आपसी बैठक र सहमतिबाट ४८ घण्टासम्म सीमा क्षेत्रलाई पूर्ण रुपमा ठप्प पार्ने निर्णय भएको हो।जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा, सिवलवा लगायतका नाकामा यातायात तथा मानिसको आवतजावतलाई पूर्ण रुपमा बन्द गरिएको छ।

यस अवधिमा औषधी उपचारका लागि अति आवश्यक काम पर्ने सर्वसाधारणले सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीसँग समन्वय गरी सीमा पार गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाण्डे बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*