दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

हेटौंडा खबर
March 6th, 2022

अहिले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

बैठकअघि संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो।

संसद सचिवलायले शनिबारै सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। त्सयमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने उल्लेख थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ। यो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*