६९ जिल्लामा कांग्रेस अधिवेशन सकियो

हेटौंडा खबर
March 6th, 2022

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६९ जिल्लामा अधिवेशन सकेको छ।

सिन्धुपाल्चोक, बारा, अछामलगायत ८ जिल्लाको परिणाम आउन बाँकी छ।जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन्।

कांग्रेस मंसिरमा भएको १४ औं महाधिवेशन अघि संस्थापन (देउवा पक्ष) र संस्थापनइतर (रामचन्द्र पौडेल) र (कृष्णप्रसाद सिटौला) पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो।महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्राय: देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन्। १६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो।

हिजोआज बाँकी रहेका जिल्ला अधिवेशन भइरहेका छन्। सिन्धुलीमा देउवा र कोइराला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र ढंगले उठेका उपेन्द्र पोखरेल जिल्ला सभापति बनेका थिए।

पोखरेल शेखर र सिटौलानिकट मानिन्छन्। तर यसपालि उनले कोइराला पक्षबाट सभापति पदमा उठ्न टिकट पाएका थिएनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*