गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

हेटौंडा खबर
March 7th, 2022

परराष्ट्रमन्त्री नारायण खड्काले छिट्टै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए ।

उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव भरतराज पौड्यालले युक्रेनमा अब थोरै संख्यामा मात्र नेपाली रहेको बताउँदै उनीहरुको उद्धारका लागि  विदेशको समय अनुसार मिलाएर रातीको समयमा पनि कुराकानी गरेर समन्वय गरेर काम गरिरहेको बताए । उनले त्यहाँफसेका नेपालीलाई उद्धारका लागि विमान पठाउने कुरा संभव नरहेको बताए ।

आवश्यकताअनुसार दूतावासको सहयोगमा उद्धार गरेर नेपाल फर्काउने सचिव पौड्यालले उल्लेख उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*