महिलालाई श्रृंगारिक बस्तुको रुपमा उभ्याएर परिवर्तन हुँदैन : रेखा थापा

हेटौंडा खबर
March 8th, 2022

अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले महिलालाई श्रृंगारिक बस्तुको रुपमा उभ्याएर मात्रै परिवर्तन नहुने बताएकी छिन् । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘महिला : हिजो, आज र भोलि’ नामक सडक बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

आज राजधानीको प्रदर्शनीमार्गमा आयोजित सडक बहसमा बोल्दै उनने भनिन्, ‘राजनीतिक हिसाबले मात्रै महिलाको उपस्थिति देखाएर, महिलालाई श्रृंगारिक बस्तुको रुपमा उभ्याएर मात्रै परिवर्तन हुन्छ जस्तो मैले मानेको  छैन ।’

उनले हिंसा पाएकी महिलाले हिंसाविरुद्ध बोल्दा उसलाई नै होच्याउने प्रवृति रहेको बताउँदै हाम्रो समाज कहाँ जाँदैछ ? भन्दै प्रश्नसमेत गरेकी छिन् । उनले हिंसा हुँदासमेत महिलाहरुलाई सहेर बस भन्ने किसिमको सामाजिक प्रवृति रहेको बताइन् ।

‘महिलालाई तिमीहरु सहेर बस, तिमीहरुलाई गाली गर्छ, कुनै पुरुषले हिंसा गर्छ भने आवाज नउठाउ तैं खराब, हिंसा परेर बाहिर उठेको हुन्छ, तै खराब हुन्छ भन्ने हो त, कस्तो समाज भइराको छ हाम्रो ?’, नायिका थापाले प्रश्न गरिन् ।

यस्तै उनले नाबालिक गायिकालाई जबरजस्ती गरिएको सन्दर्भमा बोल्दै सो बिषयमा बोल्दा आफूविरुद्ध गलत कुरा गरिएकोसमेत बताएकी छिन् ।

‘नाबालिकालाई साइबर बुलिङ नगरौं भन्दा रेखा थापालाई श्रद्धाञ्जली भनियो, नाबालिगालाई हाम्रो समाजको दायित्व हो प्रोटेक्सन गर्ने भन्दा पनि रेखा थापालाई श्रद्धाञ्जली भनियो’, उनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*