चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’

हेटौंडा खबर
March 9th, 2022

स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रत्येक बुथमा १०० युवा खटाउने भएको छ।

बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ खटाउने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ अवधारणा पनि हामी कार्यान्वयन गर्छौं,’ आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

भातृ संस्थाहरू परिचालन गरेर मतदाता शिक्षा पनि चलाइने उनले बताए। भातृ तथा शुभेच्छुक संघसंस्थालाई छिट्टै नेतृत्व प्रदान गर्दै सबैलाई यो अभियानमा परिचालन गरिने महतले बताएका छन्।

उनले अब एक महिना ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान चलाइने बताए। देशैभरका सबै जिल्ला, पालिका र वडा तथा टोलमा अभियान सञ्चालन गरिने उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*