‘मकवानपुरगढी’ ‘बालमैत्री गाउँपालिका’ घोषणा हुदै

हेटौंडा खबर
March 10th, 2022

मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गरिने भएको छ

गाउँपालिकालाई बालमैत्री घोषणाको अन्तिम चरणमा पुगेको बालमैत्री घोषणा कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिएका छन्।

बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला गरिसकिएको बताउदैं उनले भोली शुक्रबार वडाहरु बालमैत्री घोषणा गरिने र आउदो चैत १२ गते शनिबार सिङ्गो गाउँपालिकानै बालमैत्री घोषणा गरिने बताए ।

वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गरिने उनले बताए । गाउँपालिकाले अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर भोली गाउँपालिकाको ८ वटै वडा वडा घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।

उनले वडाहरु घोषणा पश्चात गाउँपालिका घोषणा गर्न सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन गरेपछि १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि ‘बालमैत्री गाउँपालिका’ घोषणा गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*