कांग्रेस बागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न प्रतिनिधि खटाउने

हेटौंडा खबर
March 10th, 2022

नेपाली कांग्रेस वागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ ।

आज बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु खटाउने निर्णय गरेको छ ।

साथै बैठकले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको छ ।

प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठका अनुसार आज वसेको बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*