कांग्रेसको सबै जिल्ला कार्यसमितिको बैठक आज

हेटौंडा खबर
March 11th, 2022

चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कांग्रेस कार्यसमितिको बैठक शुक्रबारका लागि बोलाइएको छ।

आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्दैछ। पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा कांग्रेसले ७७ केन्द्रीय नेतालाई सबै जिल्लामा खटाएको छ। पार्टी निर्णय अनुसार अधिकांश नेताहरू तोकिएको जिल्लामा पुगेको पौडेलले बताए । केन्द्रबाट पठाइएका नेताको सहभागितामा जिल्ला कार्य समितिको बैठक बस्ने भएको हो । केन्द्रले बनाएको कार्यक्रमलाई प्रभावित नहुने गरी जिल्ला र प्रदेशले थप कार्यक्रम गर्नसक्ने कार्यदेश समेत मातहतका संरचनालाई दिइएको छ।

प्रचार अभियानमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ । जनताको गुनासो सुन्ने र कांग्रेसले गरेका सुधारका कार्य सुनाउने कार्य अभियानमा हुनेछ । भेला, प्रशिक्षण, सम्मानलगायत कार्यक्रम पनि अभियानमा समेटिएको छ।कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने कांग्रेसले नीति लिएको छ। पदीय जिम्मेवारी पाएर पनि भूमिका नभएको भन्दै असन्तुष्टि बढेपछि कांग्रेसले उक्त निर्णय लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*