स्थानीय तहको निर्वाचनमा जसपाले प्रत्येक पालिकामा केन्द्रीय सदस्य खटाउने

हेटौंडा खबर
March 14th, 2022

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले स्थानीय चुनावलाई लक्षित गर्दै चुनावी अभियानलाई अघि बढाउने भएको छ।

जारी केन्द्रीय समितिको बैठकले एक पालिकामा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ। केन्द्रीय सदस्य नपुगेका स्थानीय तहमा भने जसपाले संघीय परिषद् सदस्यलाई खटाउने निर्णय पनि गरेको छ।जसपामा कुल ४९९ जना केन्द्रीय सदस्य रहेका छन्।

केन्द्रीय सदस्यले स्थानीयतहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारलाई जिताउन पालिका स्तरमा भूमिका खेल्ने बताइएको छ।जारी बैठकमा केन्द्रीय सदस्यको नाम प्रस्ताव भएको छ।

बैठकमा स्थानीयतह निर्वाचन, समसामायिक अवस्था, सांगठनिक संरचना, विधान अधिवेशन र विविधि विषय भनेर पाँच अजेण्ड तय गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*