सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग

हेटौंडा खबर
March 14th, 2022

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग गरेको छ ।

समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी दिन आह्वान गरेको हो ।समितिका सभापति लक्ष्मणलाल कर्णले बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका श्रेष्ठविरुद्व मंगलबारदेखि १० दिनसम्म उजुरी दर्ता गर्ने गरी आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।

न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।‘हाम्रो पहिलो बैठक हो ।

यो बैठकले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको हदम्याद दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ, अब भोलि (मंगलबार)देखि १० दिनसम्म उजुरी लिन्छौँ, त्यसपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्छौं,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*