तोलामा १२ सयले घट्यो सुनको मूल्य

हेटौंडा खबर
March 16th, 2022

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन तोलामा एक लाख ५ सय रुपैयाँ  थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*