कांग्रेस नेता रिजाल भन्छन्– केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठयारो छ

हेटौंडा खबर
March 16th, 2022

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न आफ्नो पार्टीलाई अप्ठयारो रहेको बताएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले यस्तो धारणा राखेका हुन्। उनले केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठयारो भएका दुई वटा कारण समेत प्रस्तुत गरेका छन्।‘सधैं रूखमा दिनले अरूतिर र पहिले कहिले नदिएकाले पहिलोपटक अहिले रूखमा मत नदिने,’ उनले लेखेका छन्।त्यस्तै, महानगर बाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि केन्द्रीय तहमै गठबन्धन बनाउन अप्ठयारो हुने रिजालले प्रष्ट पारेका छन्।

रिजाल आगामी निर्वाचनमा कुनै पनि गठबन्धन कायम गरेर जान नसकिने धारणा राख्दै आएका नेता हुन्। उनले नेपाली कांग्रेसले आफ्नै हैसियतमा चुनावमा होमिनुपर्ने बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*