नेपालले पायो २०३ रनको सामान्य लक्ष्य

हेटौंडा खबर
March 21st, 2022

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपालले २०३ रनको सामान्य लक्ष्य पाएको छ।टस जितेर फिल्डिङ रोजेको नेपालका लागि बलरले उत्कृष्ट प्रदर्शन गरे। जसले गर्दा यूएई नौ विकेटको क्षतिमा २०२ रनमा सिमित भयो।

यूएईका लागि रोहन मुस्ताफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, भृत्या अरविन्दले २४ र अलिसान सारफूले २१ रन बनाए।त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले तीन, सोमपाल कामी र करण केसीले दुई-दुई तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक-एक विकेट लिए।

यूएई भ्रमणमा रहेको नेपालले टोली यसअघिका दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ। पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो भने र दोस्रो खेलमा यूएईसँग ४८ रनले हारेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*