जनयुद्धका सहिदको परिवारसँग प्रचण्डको भेट

हेटौंडा खबर
March 24th, 2022

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन्। निर्वाचन नजिकिँदै गएपछि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुँदै गएको छ।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रचण्डले जनयुद्धको सहिद परिवारलाई भेटघाट गरेका छन्। यति मात्र होयन सहिद परिवारसँगै बसेर खानासमेत खाएका छन्।

प्रचण्डले चैत ८ गते वीर अस्पतालमा उपचारत काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटी स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए। राना मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा घाइते भएको थिए।

रानालाई भेटेलगत्तै प्रचण्ड बालुवाटरमा रहेको प्रधानमन्त्री निवास पुगेर जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।

भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दैछन्। प्रचण्ड भोलि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*