२७१ जना कोरोनामुक्त हुँदा १८ संक्रमित थपिए

हेटौंडा खबर
March 25th, 2022

पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको  छ।

४३४२ नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा २७१ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १९६० रहेको छ। थप ६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*