चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

हेटौंडा खबर
March 27th, 2022

चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो ।गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । साथै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले भेटवार्ता गरेका थिए ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा विमानस्थलको साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*