स्थानीयको प्रदर्शनपछि परमाणु प्लान्ट रहेको चेर्नोबिलबाट रुसी सैनिक फिर्ता

हेटौंडा खबर
March 28th, 2022

चेर्नोबिल परमाणु प्लान्ट रहेको सहरबाट रुसी सैनिक फिर्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

रुसी सैनिकले चेर्नोबिल प्लान्ट रहेको सहर स्लाभुटिजलाई कब्जा गरेका थिए। तर स्थानीय बासिन्दाको लगातारको प्रदर्शनपछि रुसी सैनिक सहर छोडेर गएको मेयर युरी फोमिचेभलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सोमबार मेयर युरीले भिडियो पोस्ट गरेर रुसी सैनिकले स्लाभुटिज बजार छोडेको उल्लेख गरेका हुन्।

रुसी सैनिकले गएको शनिबार स्लाभुटिज सहर कब्जा गरेर मेयरलाई नियन्त्रणमा लिएका थिए। स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि मेयरलाई रिहा गरिएको थियो र अब रुसी सैनिक पनि त्यहाँबाट गएको दाबी गरिएको हो।

सन् १९८६ मा परमाणु दुर्घटना भएको चेर्नोबिल परमाणु प्लान्टमा काम गर्नेहरुको प्रमुख बासस्थानका रुपमा स्लाभुटिच सहर रहँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*