पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने

हेटौंडा खबर
March 28th, 2022

वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले अर्को पटक जाँदा अभिमुखीकरण तालिम लिनु नपर्ने भएको छ। हाल नयाँ तथा पुनः श्रम स्वीकृति लिने सबैले अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एक पटक गएर पुनः सोही काममा जानेले अभिमुखीकरण तालिम लिनुनपर्ने बताएका हुन्।

उनका अनुसार श्रमिहरू सम्बन्धित गन्तव्य मुलुकबारे जानकार रहेकाले फेरि अभिमुखीकरण नभएको आवश्यकता महशुस गरी यो व्यवस्था गरिएको हो।

त्यस्तै, विदेशमा मृत्यु भएका श्रमिकहरूका परिवार तथा अंगभंग भएका श्रमिहरूलाई पनि अनलाइनबाट क्षतिपूर्ति दिने भएको छ। वैदेशिक रोजगार बोर्डले अनलाइनबाट क्षतिपूर्ति दिइने व्यवस्था लागू भएको जनाएको छ। यसो हुँदा क्षतिपूर्तिका लागि टाढा-टाढादेखि बोर्डको सचिवालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*