कांग्रेस बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारीहरू छलफलमा

हेटौंडा खबर
March 29th, 2022

अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन । हाल बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा भर्खरै पुगेपछि पदाधिकारीहरूको बैठक सुरु भएको हो । आगामी स्थानीय तहको चुनावमा अन्य दलहरूसँग गठबन्धन गर्ने वा नगर्ने विषयमा विवाद भएपछि निर्णय प्रक्रिया लम्बिएको हो।

सभापति देउवाले शेखर कोइराला समूहसमेतको मागलाई सम्बोधन गर्दै चुनावी तालमेल गर्ने निर्णय गर्ने मध्यमार्गी बाटो रोजेका छन्।यद्यपि बैठकमा विभिन्न प्रदेशका नेताहरूले गठबन्धन गर्न नहुने अडान राख्दै आएका थिए । केन्द्रीय स्तरबाट निर्णय गरेर गठबन्धन गर्न नहुने उनीहरूको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*