अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्यो, प्रति ब्यारल कति ?

हेटौंडा खबर
March 30th, 2022

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ । साताको सुरुवातमा ओरालो लागेको कच्चा तेलको मूल्य बुधबार बढेको छ । अन्तराष्ट्रिय तेल खरिद तथा बिक्रीकर्ता बे्रन्ट क्रुडले बुधबार ११२.७८ डलर प्रति ब्यारलमा कारोबार गरेको छ ।

यसअघि चीनको साङ्घाइमा भएको लकडाउन र रुस–युक्रेन शान्ति वार्ताका लागि तयार हुँदा तेलको मूल्यमा गिरावट आएको थियो ।त्यसै गरि अमेरिकी तेल खरिद तथा बिक्रिकर्ता वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आइ) ले १०५.५३ डलर प्रति ब्यारलमा कारोबार गरेको छ ।रुस र युक्रेनबीच भएको शान्ति वार्तामा दुवै पक्ष सकारात्मक देखिएता पनि कच्चा तेलको आपूर्तिमा कडाई हुँदा तेलको मूल्य उकालो लागेको हो ।

अमेरिकी पेट्रोलियम संस्थानले मार्च २५ बाट यता करिब ३० लाख ब्यारल तेल रिलिज गरिसकेको छ र यसरी रिजर्भमा रहेको कच्चा तेल रिलिज गर्दा रिजर्भमा समस्या आएको भन्दै अमेरिकाले आपूर्तिमा कडाइ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*