रूसद्वारा मारिउपोलमा युद्धविरामको घोषणा

हेटौंडा खबर
March 31st, 2022

रूसको रक्षा मन्त्रालयले युक्रेनको तटीय सहर मारिउपोलमा युद्धविराम घोषणा गरेको छ । सर्वसाधारण नागरिकलाई सहरबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि बिहीबार बिहानदेखि सुरु हुनेछ ।

“यस मानवीय अभियानको सफलताको लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको प्रत्यक्ष सहभागिताको प्रस्ताव गर्दछौं,” एएफपी समाचार एजेन्सीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै भन्यो।

मारिउपोल देखि जापोरिझियासम्मको मानवीय कोरिडोर स्थानीय समयअनुसार बिहान १० बजे खुल्नेछ। यद्यपी युक्रेनले यस घोषणाको बारेमा हाल केही बताएको छैन।

यसअघि पनि  मारिउपोलमा युद्धविरामका लागि प्रयास गरिएको थियो तर दुबै पक्षमा विश्वासको कमीको आरोपकाबीच असफल भएको थियो। रूसमाथि हजारौं नागरिकलाई जबरजस्ती रूस वा सी नियन्त्रित क्षेत्रहरूमा सारिएको आरोप लगाइएको छ।

यो घोषणा हुनुअघि बम विष्फोटका कारण भएको विनाशका नयाँ स्याटेलाइट तस्बिरहरू बाहिर आएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*