मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल शुक्रबारबाट ३ दिन बन्द रहने

हेटौंडा खबर
March 31st, 2022

धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलमा तीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

निर्माण भइरहेको पुलमा कालोपत्र गर्नु पर्ने भएकोले भोलि शुक्रबारबाट चैत २० गते आइतबार सम्म पुलमाथिबाट सवारी संचालनमा प्रतिबन्ध लगाइएको स्वच्छन्द निर्माण सेवाका सुपरभाइजर सन्तोष सापकोटाले बताए ।

चैत सम्ममा निर्माणको काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्ने तयारी भइरहेको जनाइएको छ। २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको उक्त पुल निर्माण सम्पन्न भएमा हेटौंडा हुँदै बागमती प्रदेशका सिन्धुली,रामेछाप सहित उदयपुर, ओखलढुङ्गा,खोटाङ,सुनसरीको धरान सम्म पुग्न सहज हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*