सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

हेटौंडा खबर
April 18th, 2022

आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकालगायत विभिन्न पालिकामा उम्मेदवार बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धन दलहरूबीच भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ ।

जनता समाजवादी पार्टीबाट अध्यक्षद्वय डा. बाबुराम भट्टराई  र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् भने नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेललगायतका नेताहरु सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*